- जगत वाशिष्ठ
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको वन विज्ञान अध्ययन संस्थानले डिन कार्यालयमा रिक्त रहेको सहायक डिन पद पूर्तिका लागि आवेदन दिएका प्रतिस्पर्धीहरूको नाम सार्वजनिक गरेको छ। नियुक्ति प्रक्रियालाई अघि बढाउँदै संस्थानद्वारा गठित छनोट तथा सिफारिस समितिले प्राप्त निवेदनहरूको प्रारम्भिक मूल्याङ्कनपछि उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो।
यस पदका लागि गत माघ १४ गते गोरखापत्र दैनिकमार्फत सूचना प्रकाशित गरिएको थियो। सोही सूचनाअनुसार निर्धारित समयभित्र प्राप्त आवेदनहरू अध्ययन गरी योग्य देखिएका आवेदकहरूको नामावली वर्णानुक्रममा सार्वजनिक गरिएको समितिले जनाएको छ।
प्रकाशित सूचीमा उप–प्राध्यापक ईश्वर धापा, उप–प्राध्यापक डा. वामदेव गैरे, उप–प्राध्यापक नारायण प्रसाद तिवारी, उप–प्राध्यापक डा. योगेन्द्र यादव, उप–प्राध्यापक डा. लीला पुरी तथा सह–प्राध्यापक डा. शिव कुमार मानजन रहेका छन्।
समितिका अनुसार अबको चरणमा सम्बन्धित मापदण्ड र कार्यविधिअनुसार थप मूल्याङ्कन तथा सिफारिस प्रक्रिया अगाडि बढाइनेछ।


