EduPress
'

शिक्षाको भविष्यका दुई स्तम्भः डिजिटल बुद्धि र संवेदनशील अनुभव

Author Image
आइतवार, असोज २६, २०८२
Text Size:

– तिर्सना हमाल

भूमिका

शिक्षा केवल ज्ञान हस्तान्तरणको माध्यम होइन, यो मानव चेतनाको निरन्तर जागरणको यात्रा हो । शिक्षा केवल सूचनाको सञ्चार मात्र होइन, चेतनाको विस्तार हो । आजको युग, जहाँ प्रविधिको गतिशीलता, सामाजिक आवश्यकता र व्यक्तिको आकांक्षाबीचको अन्तरसम्बन्धले शिक्षाको स्वरूपलाई पुनः परिभाषित गरिरहेको छ, हामी एक ऐतिहासिक मोडमा उभिएका छौं । सूचना प्रविधिको क्रान्तिले शिक्षा क्षेत्रलाई एउटा नयाँ विमर्शको दिशातर्फ धकेलिरहेको छ । परम्परागत शिक्षण पद्धतिहरू परिवर्तनको माग गरिरहेका छन् । सिकाइका अवसरमा पहुँच सबैका लागि सुनिश्चित गर्नु आजको प्रमुख आवश्यकता बनेको छ ।

जब शिक्षाले आत्मालाई स्पर्श गर्छ, तब त्यो केवल अध्ययन रहँदैन, त्यो अनुभूति बन्छ । यस सन्दर्भमा, एआर र भीआर प्रविधिहरू शिक्षामा केवल प्राविधिक आविष्कार नभएर संसारलाई बुझ्ने नयाँ दृष्टिकोण बन्न गएका छन्, जसले “हामी के हौं“, “हामी कसरी जान्दछौं“, र “सत्य के हो“ भन्ने गहिरा प्रश्नहरूसँग साक्षात्मकार गराउँछन् । नेपालजस्तो देशमा, जहाँ सामुदायिक विद्यालयहरूको पुनर्जागरण एक ऐतिहासिक प्रयासको रूपमा अगाडि आइरहेको छ, त्यहाँ शिक्षाको भविष्य केवल विषयवस्तु सिकाउने कुरा होइन, यो सामाजिक न्याय, प्रवर्तन र चेतनाको सामूहिक जागरणको अभियान हो । शिक्षा अब केवल विद्यालयको चारपर्खालमा सीमित छैन; यो मानव जीवनको सम्पूर्ण आयाममा प्रवेश गर्न थालेको छ ।

शिक्षा रूपान्तरणमा प्रविधि

विगत दुई दशकमा सूचना प्रविधिले समयको सीमालाई भङ्ग गर्दै यस्तो उचाइ हासिल गरेको छ, जुन अघिल्लो शताब्दीमा कल्पना मात्र गरिएको थियो । शिक्षामा यसको प्रभाव केवल प्रविधिको प्रयोगमा सीमित छैन, यो सिकाइको दर्शनमै रूपान्तरण ल्याउँदैछ ।

कृत्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङः शिक्षाको बौद्धिक क्रान्ति

विज्ञानको शाश्वत यात्रामा एउटा युगान्तकारी क्षण आउँछ, जसले मानव चेतनाको सीमालाई प्रश्नको घेरामा पार्दछ । आज कृत्रिम बुद्धिमत्ता ९ब्चतषष्अष्ब िक्ष्लतभििष्नभलअभ० र मेसिन लर्निङ ९ःबअजष्लभ ीभबचलष्लन० त्यही युगान्तकारी प्रविधि बनेका छन्, जसले न केवल प्रविधिको दिशा मात्र परिवर्तन गरेका छैनन्, शिक्षाको संरचना र आत्मालाई नै पुनः परिभाषित गरिरहेका छन् । ज्ञान आर्जन अब केवल सूचनाको सङ्कलन मात्र रहेन, बरु त्यो व्यक्तिको अन्वेषण, अनुकूलन र आत्मबोधको यात्रासँग गहिरो गरी गासिन पुगेको छ । त्यो यात्रामा एआई एक सहयात्री बनेर उभिएको छ ।

कृत्रिम बुद्धिमत्ता (एआई) अब शैक्षिक प्रक्रियामा एउटा सहायक उपकरण मात्र होइन, बरु शिक्षण र सिकाइको ’बौद्धिक दर्पण’ बन्दै गइरहेको छ । प्रत्येक विद्यार्थीको रुचि, क्षमता, सिकाइ गति र कमजोरी पहिचान गर्दै, एआईले त्यही अनुरूप सिकाइ मार्गचित्र बनाउने क्षमता हासिल गरिसकेको छ । यसले शैक्षिक प्रक्रियालाई एकरूप, कठोर र एकपक्षीय स्वरूपबाट निकालेर बहुआयामिक, लचिलो र पहुँचयोग्य बनाइरहेको छ ।

शिक्षाको नयाँ युग

एआई प्रणालीहरूले अब तथ्याङ्क विश्लेषणको माध्यमबाट प्रत्येक विद्यार्थीको व्यवहार, प्रदर्शन र प्राथमिकताहरूको अध्ययन गरी, उनीहरूका लागि व्यक्तिगत पाठ्यक्रम र अभ्यासहरू तयार गर्न थालेका छन् । यसले “एकै पाठ सबैका लागि” भन्ने पुरानो अभ्यासलाई चुनौती दिँदै, “प्रत्येक विद्यार्थीका लागि अनुकूल पाठ” भन्ने नयाँ शैक्षिक दृष्टिकोण अघि बढाएको छ ।

उदाहरणका लागि, विद्यार्थीले कुनै गणितीय अवधारणामा कठिनाइ भोगिरहेको छ भने, एआई प्रणालीले तुरुन्तै सो अवधारणासँग सम्बन्धित वैकल्पिक उदाहरण, दृश्य सामग्री वा अन्य सरल व्याख्याहरू प्रस्तुत गर्न सक्छ । यसले सिकाइको प्रक्रियालाई न केवल सजिलो बनाउँछ, बरु प्रत्येक विद्यार्थीको स्वाभाविक प्रवृत्तिलाई सम्मान र सम्बोधन गर्ने माध्यम पनि बन्न पुगेको छ ।

शोध र विश्लेषणमा एआईको क्रान्ति

अनुसन्धान र ज्ञान सिर्जना शिक्षाको प्राणतत्व हो । एआई र मेसिन लर्निङले अनुसन्धान प्रक्रियालाई तीव्र, व्यवस्थित र भरपर्दो बनाउँदै लगेका छन् । विशाल डाटाबेसहरूबाट सान्दर्भिक जानकारी निकाल्ने, विभिन्न स्रोतबीचको अन्तरसम्बन्ध विश्लेषण गर्ने, तर्क र तथ्यको परीक्षण गर्ने जस्ता कार्यहरू अब केही क्षणमै सम्पन्न हुन्छन् । यसले अनुसन्धानकर्तालाई आफ्नो बौद्धिक ऊर्जा मौलिक चिन्तन, अवधारणा निर्माण र दर्शनमूलक विश्लेषणमा केन्द्रित गर्न समय र अवसर प्रदान गर्छ ।

भविष्यको शिक्षक—मानव र एआईको सहकार्य

शिक्षक अब केवल जानकारी दिने पात्र होइनन्, बरु एआईको सहकार्यमा विद्यार्थीको बौद्धिक पथप्रदर्शक बन्ने दिशामा अग्रसर छन् । एआई शिक्षकको सहायक मात्र नभई विश्लेषक, सल्लाहकार र समन्वयकको भूमिकामा उभिन थालेको छ । शिक्षक र प्रविधिबीचको यो सम्वादात्मक सहकार्यले शिक्षालाई दार्शनिक गहिराइ, वैज्ञानिक औचित्य र मानवीय संवेदनशीलता प्रदान गर्ने सम्भावना बोकेको छ ।

नैतिकता र चुनौतीहरू

प्रत्येक यान्त्रिक चमत्कारसँगै केही मौन प्रश्नहरू पनि उठ्ने गर्दछन् । विद्यार्थीहरूको डेटा सुरक्षाको प्रश्न, एल्गोरिदममा हुनसक्ने पूर्वाग्रह, र मानवीय सम्पर्कको क्षयीकरण जस्ता चुनौतीहरू एआईको प्रयोगसँगै आइपरेका छन् । यदि शिक्षालाई केवल दक्षता र परिणामको खेलमा सीमित गरियो भने, यसको आत्मा हराउन सक्ने डर देखा परेको छ । त्यसैले, एआईको प्रयोगलाई विवेक, नैतिकता र मानविकता सङ्गत बनाउनुपर्छ, जहाँ प्रविधि मानवताको सेवक बन्न सकोस्, स्वामी होइन ।

कृत्रिम बुद्धिमत्ता शिक्षाको भविष्य बन्दैवर्तमानको पनि केन्दूविन्दु समेत बन्दै गएको छ । यदि हामीले यसको प्रयोगमा बुद्धिमतापूर्ण र नैतिक विवेककासाथ गर्न सक्यौ भने यो प्रविधि शिक्षालाई एक औपचारिक अभ्यासबाट जीवन्त, सहभागी र आत्मोन्नतिको मार्गमा रूपान्तरण गर्ने सुनिश्चित आधार बन्न सक्छ । यदि हामी यसलाई सही रूपमा बुझ्न, प्रयोग गर्न र सम्हाल्न सक्यौं भने एआईले सिकाइलाई केवल सजिलो बनाउने होइन, बरु चेतनाको उचाइतर्फ उन्मुख गराउने सामथ्र्य राख्दछ ।

भर्चुअल र सम्वर्धन वास्तविकता ९ख्च्रब्च्०

प्रविधिले वास्तविकताको सीमा पार गर्दै सिकाइलाई अनुभवात्मक बनाएको छ । विद्यार्थीहरूले अब ज्ञानलाई केवल पढ्ने होइन, प्रत्यक्ष ‘अनुभव’ गर्ने अवसर पाइरहेका छन् । ब्च् र ख्च् शिक्षामा भविष्यको प्रविधि होइन, वर्तमानको सम्भावनाशील औजार बनिसकेका छन् । यसले शिक्षालाई भौगोलिक सीमाभन्दा माथि उठाएर, अनुभवमा आधारित, सहभागितामूलक बनाउने दिशामा अग्रसर गरिरहेको छ । यद्यपि यसको सफल प्रयोगका लागि पूर्वाधार, नीति, तालिम र समावेशी पहुँच सुनिश्चित गर्नु आवश्यक छ । प्रविधि स्वयं समाधान होइन, मानव विवेकसहितको प्रयोग नै शिक्षाको साँचो परिवर्तनकर्ता बन्न सक्छ ।

ब्च् र ख्च् प्रविधिहरूले ज्ञानलाई अब पाठ्यपुस्तकका पानामा सीमित नराखी अनुभवका गल्लीहरूमा डुलाउन थाल्छ । विद्यार्थी केवल रोममा ‘रोमन साम्राज्य’ पढ्दैन, उसले रोमन गल्लीमा हिंड्दछ; ऊ केवल मानव शरीरको चित्र हेर्दैन, ऊ धमनीको भित्रै यात्रा गर्छ । ज्ञान अब अक्षरमा बाँधिने कुरा रहेन, यो अब जीवित, गतिशील, र संवेगात्मक अनुभव बन्न थालेको छ ।

यस प्रविधिले शिक्षा र यथार्थबीचको सम्बन्धमा एक दार्शनिक विस्फोट ल्याएको छ । प्लेटोको गुफा रूपकमा जस्तै, जहाँ मानिसहरूले केवल छायाँलाई यथार्थ ठान्थे, आजको विद्यार्थीले ब्च्रख्च् मार्फत त्यो गुफाबाट बाहिर निस्कने साहस पाउँछ । ऊ छायाँ मात्र हैन, स्रोतलाई प्रत्यक्ष देख्न सक्षम बन्छ ।

एआर र भीआरले शिक्षकलाई पुज्य ‘ज्ञानदाता’ बाट ‘सहयात्री’ मा रूपान्तरण गर्छ । विद्यार्थीको चेतना विस्तारको यात्रामा अब शिक्षक गाइड मात्र हो, जसले वास्तविकता र कल्पनाको सीमामा उभिएर नयाँ ज्ञानको ढोका खोलिदिन्छ ।

तर, यस प्रविधिमा पनि प्रश्नहरू छन्, के हामीले अनुभूतिको माध्यममार्फत सत्य देखिरहेका छौं, या भ्रमित भइरहेका छौं? जब वास्तविकता निर्माण गर्न प्रविधि सक्षम हुन्छ, तब सत्य र कल्पनाबीचको विभाजन अझै झिनो बन्छ । यसले हामीलाई भउष्कतझययिनथ अर्थात् ज्ञानको स्रोत, माध्यम र विश्वसनीयताबारे पुनः विचार गर्न बाध्य बनाउँछ ।

शिक्षामा एआर÷भीआरको प्रयोग अन्ततः एक आह्वान हो— कि अब हामी ‘जान्न’ मात्र होइन, ‘अनुभव गर्न’ सिक्नेछौं । कि अब शिक्षा केवल प्रमाणित सूचनाको सङ्ग्रह होइन, स्वअनुभूतिबाट प्राप्त बोधको यात्रा हुनेछ ।

२. व्यक्तिगत सिकाइ र आत्मकेन्द्रित दृष्टिकोण

प्रत्येक व्यक्तिको चेतना, रुचि, र ग्रहणशक्ति फरक हुन्छ । आधुनिक शिक्षा अब त्यो विविधतालाई स्वीकार्दै ‘एकै मापदण्ड सबैका लागि’ भन्ने दृष्टिकोणबाट टाढा हुँदैछ । एआई र डेटा विश्लेषणद्वारा आधारित सिकाइले प्रत्येक विद्यार्थीलाई आफ्नै लयमा सिक्न प्रेरित गरिरहेको छ ।

यसले ज्ञानमा उत्साह, स्वायत्तता र आत्मअन्वेषणको ढोका खोल्दछ । तर, डेटा गोपनीयता र प्रविधिको नैतिक प्रयोगबारे गम्भीर विमर्श आवश्यक छ, अन्यथा व्यक्तिगत सिकाइ प्रविधि नियन्त्रणको उपकरण बन्न सक्छ ।

डिजिटल युगमा समानता र समावेशिता

प्रविधिको शक्ति तबमात्र सार्थक हुन्छ जब त्यसले सबैलाई अँगाल्न सक्छ । सबैको सहज पहुँचमा पुग्नसक्छ । तर, आज पनि धेरै मानिसहरु डिजिटल पहुँचबाट वञ्चित छन् । यसले प्रविधिमार्फत शिक्षा दिने सपना अधुरो बन्न गएको छ । त्यसैले समानताको सुनिश्चितता तबमात्र सम्भव हुन्छ, जब प्रविधिमा पहुँच, उपकरणको उपलब्धता र शिक्षामा समावेशी प्रविधिहरू सार्वभौम अधिकारको रूपमा स्वीकार गरिन्छन् । सामाजिक, आर्थिक वा भौगोलिक अवस्था जेसुकै होस्, शिक्षा सबैका लागि सहज, सुलभ र सम्मानजनक हुनैपर्दछ ।

आलोचनात्मक सोच र रचनात्मकताको पुनर्जागरण

जब यन्त्रहरूले सामान्य कार्यभार सम्हाल्न थाल्छन्, तब मानिसको विशेषता केवल ‘जान्नु’ होइन, ‘सोच्न सक्नु’, ‘सिर्जना गर्न सक्नु’ र ‘अनुभूत गर्न सक्नु’ बन्न जान्छ । शिक्षाको लक्ष्य अब केवल प्रमाणपत्र प्रदान गर्नु होइन; अबको शिक्षा ‘मनुष्य’ निर्माणतर्फ उन्मुख हुनुपर्छ । सोच्न सिकाउने, प्रश्न गर्न प्रेरित गर्ने, नयाँ विचार जन्माउने वातावरणले शिक्षालाई दार्शनिक गहिराइतर्फ डो¥याउँछ । परियोजनामूलक सिकाइ र अन्तरविषय दृष्टिकोणले विद्यार्थीलाई जीवनका जटिलतासँग साक्षात्कार गराउँछ ।

निष्कर्ष

शिक्षाको भविष्य एक अविश्वसनीय सम्भावनाको प्राङ्गण हो—जहाँ प्रविधि, मानवता र चेतना एकअर्कामा समाहित हुन्छन् । तर, यो यात्रा सजिलो छैन । हामीले शिक्षालाई केवल यान्त्रिक दक्षताको उत्पादन केन्द्र होइन, चेतनाको सहयात्री बनाउनु पर्छ । प्रविधिलाई साधनको रूपमा उपयोग गर्दै, समानतालाई मूल्यका रूपमा अँगाल्दै, र सिकाइलाई जीवनशैलीका रूपमा विकास गर्दै हामी मानव समाजलाई अझ विवेकी, संवेदनशील र समावेशी बनाउने शिक्षात्मक परिदृश्य निर्माण गर्न सक्छौं ।

(लेखकः शैक्षिक अध्येता तथा शिक्षामा कलम चलाउँदै आउनुभएको छ ।)

Views: 33

प्रतिक्रिया

सम्बन्धित खबर