EduPress
'

२० हजार प्रावि दरबन्दी निमावि र माविमा रूपान्तरणको तयारी

Author Image
बिहिवार, असोज १६, २०८२
Text Size:

काठमाडौँ । विद्यालय तहमा शिक्षक दरबन्दी असन्तुलनका कारण सार्वजनिक शिक्षाको गुणस्तर कमजोर बन्दै गएपछि सरकारले प्राथमिक तहका २० हजार बढी दरबन्दीलाई निम्नमाध्यमिक र माध्यमिक तहमा रूपान्तरण गर्ने तयारी गरेको छ।

शिक्षा मन्त्रालयअन्तर्गत कार्यदलको अध्ययनअनुसार हाल प्राथमिक तहमा २० हजारभन्दा बढी शिक्षक अधिक छन्, भने कक्षा ६ देखि १२ सम्मका करिब २२ हजार शिक्षक अपुग छन्। यही असन्तुलन समाधान गर्न प्रावि तहका दरबन्दी माथिल्लो तहमा सार्ने प्रस्ताव अघि बढाइएको हो।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक हरिप्रसाद अर्यालका अनुसार प्रावि तहका रिक्त पद पाँच वर्षसम्म रोकिएपछि ती दरबन्दीलाई क्रमशः निमावि र मावि तहमा रूपान्तरण गर्ने तयारी छ। यस कदमले शिक्षक दरबन्दी मिलानसँगै सार्वजनिक विद्यालय शिक्षाको गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ।

Views: 4

प्रतिक्रिया

सम्बन्धित खबर