EduPress
'

शिक्षा मन्त्रालयले माग्याे निःशुल्क छात्रवृति दिने/नदिने निजी विद्यालयकाे विवरण

Author Image
सोमवार, कार्तिक २४, २०८२
Text Size:

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतको निकायलाई देशका संस्थागत विद्यालयले निःशुल्क छात्र, छात्रावृति गराएका विद्यार्थीहरुको विवरण उपलब्ध गराउन निर्देशन गरेको छ ।

मन्त्रालयले सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्र काट्दै शैक्षिक सत्र २०८०, २०८१ र २०८२ मा कुन कुन विद्यालयहरुले के कति छात्रवृति दिएका हुन त्यसको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

पत्रमा शिक्षा ऐन, २०२८ को दफा १६ञ मा संस्थागत विद्यालयले विद्यालयमा भर्ना भएका कूल विद्यार्थी संख्याको कम्तिमा १० प्रतिशत नघट्ने गरी छात्रवृति दिनुपर्ने कुरा उल्लेख भएको पनि ध्यानाकर्षण गराएको छ । साथै त्यस्तो छात्रवृति दिँदा विपन्न, अपांग, महिला, दलित वा जनजाति विद्यार्थीहरुलाई प्राथमिकता रहेको कुरा पनि स्मरण गराएको छ ।

मन्त्रालयले उक्त विवरण पठाउनका लागि एउटा फम्र्याट नै पठाएको छ । १० महले उक्त फम्र्याटमा छात्रवृति दिइएका विद्यार्थीको नाम, स्थायी ठेगाना, विद्यालयको नाम, अभिभावकको नाम, समावेशीको कुन कोटाबाट छात्रवृति पाएको हो, सो पनि उल्लेख गर्न भनेको छ । मन्त्रालयको विद्यालय शिक्षा शाखाका शाखा अधिकृत रमाकान्त अर्यालको हस्ताक्षरमा उक्त पत्र पठाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खबर