EduPress
'

यस वर्षको युवा भाषा वैज्ञानिक अवार्ड कुसुम श्रेष्ठलाई

Author Image
आइतवार, मंसिर १४, २०८२
Text Size:

काठमाडौं । यस वर्षको युवा भाषाशास्त्रीको अवार्ड धनकुटाकी कुसुम श्रेष्ठले प्राप्त गरेकी छन् । नेपालका ४० वर्ष मुनिका भाषाशास्त्रीहरूमध्येबाट सर्वोत्कृष्ट अनुसन्धान पत्र प्रस्तुत गरेवापत् उनलाई यो पुरस्कार दिइएको हो ।

महेन्द्र बहुमुखी क्याम्पस धरानमा भाषाविज्ञान विषयमा स्‍नातक तथा त्रिवि भाषाविज्ञान केन्द्रीय विभाग कीर्तिपुरबाट स्‍नातकोत्तर गरेकी श्रेष्ठ धनकुटा मारेकटहरेकी हुन । भाषा विज्ञानका प्राध्यापकहरूको सामूहिक मूल्याङ्कनबाट उनको अनुसन्धान पत्र सर्वोत्कृष्ट ठहर भएको हो ।

भाषाविज्ञान समाज नेपाल सन् १९७९ मा स्थापना भएको नेपालका पुराना प्राज्ञिक संस्थाहरूमध्ये एक हो । यो संस्थाले हरेक वर्ष नोभेम्बर २६ २७ मा नेपालमा भाषाविज्ञान सम्मेलन गर्ने गरेको छ । सम्मेलनमा वर्षेनी एक दर्जन जति देशका भाषा वैज्ञानिकहरूबाट अनुसन्धान पत्र प्रस्तुत हुने गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खबर