EduPress
'

एसइइको परीक्षा फाराम भर्ने म्याद अन्तिम पटकलाई थप

Author Image
बुधवार, मंसिर १७, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ)को परीक्षा आवेदन फाराम भर्ने समय थप गरेको छ । अब विद्यालयहरुले मंसिर २४ गतेसम्म एसइइ परीक्षामा सहभागी हुने विद्यार्थीको फाराम भराउन सक्नेछन् ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो । यसअघि पनिकाले मंसिर १६ गतेसम्म आवेदन फाराम भर्ने अन्तिम समय तोकेको थियो । पनिकाले विद्यार्थी, विद्यालय, अभिभावक तथा सरोकारवालाहरुबाट म्याद थप गर्नका लागि अनुरोध आएकोले मंसिर २४ गतेसम्म थप गरिएको जनाएको छ । पनिकाले यो समय भने अन्तिम पटकका लागि थप गरिएको पनि जनाएको छ । विद्यालयहरुलाई यथाशीघ्र फाराम भर्ने भराउने गरेर पठाउन निर्देशन समेत पनिकाले दिएको छ ।

अहिले देशभरका विद्यालयहरुले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको एसइइ आवेदन फाराम भरिरहेका छन् । कतिपय विद्यालयहरुले विद्यार्थीहरुको विवरण थप प्रमाणिकरण गर्दै अद्यावधिक पनि गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खबर