काठमाडौं । हेराल्ड कलेज काठमाडौंले बुधबार आफ्नो वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेकाे छ । दीक्षान्त समाराेहमा ९०३ विद्यार्थीलाई उपाधि प्रदान गरेको छ।
दीक्षित हुनेहरुमा ६९७ जना बीएससी (होन्स) कम्प्युटर साइन्स, ५२ जना बीएससी (होन्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (बीआईबीएम) र २०६ जना इन्टरनेशनल मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (आईएमबीए) का विद्यार्थी रहेका छन्।
यस वर्ष पनि इनोभेट नेपाल ग्रुप (आईएनजी) द्वारा प्रदान गरिने प्रतिष्ठित पोस्टग्राजुएट स्कोलरशिप निरन्तरता पाएको कलेजले जनाएको छ। उक्त छात्रवृत्ति ‘हेराल्ड कलेज–बीएससी ९होन्स० कम्प्युटर साइन्स’ का उत्कृष्ट विद्यार्थी सक्षम शर्मालाई प्रदान गरिएको हो। उनले इस्लिङ्टन कलेजमा स्नातकोत्तर अध्ययन गर्नेछन्। स्कोलरशिपसँगै आईएनजी अन्तर्गतका संस्थामा रोजगारीको अवसर पनि उपलब्ध हुनेछ।
समारोहमा मुख्य सम्बोधन गर्दै इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले हेराल्ड कलेजका स्नातकहरू सरकारलेदेखि प्रतिष्ठित निजी क्षेत्रमा समेत महत्वपूर्ण भूमिकामा कार्यरत रहेको बताए। बेलायती विश्वविद्यालयको डिग्रीले विद्यार्थीलाई विश्वस्तरीय प्रतिस्पर्धी बनाएको उल्लेख गर्दै
उनले सूचना–प्रविधि क्षेत्रका युवाहरूमा स्वअध्ययन र अनुसन्धान संस्कृतिको विकास कलेजले गर्दै आएको प्रशंसा गरे।
कलेजका अनुसार दीक्षान्त समारोहलाई विद्यार्थीहरूको शैक्षिक यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा मनाइएको थियो। हेराल्ड कलेज काठमाडौंले २०२५ को ब्याचका दीक्षित विद्यार्थीहरूलाई शुभकामना तथा बधाई व्यक्त गरेको छ।


