- जगत वाशिष्ठ
काठमाडौं । महेन्द्ररत्न क्याम्पस ताहाचलमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस प्रशासन र स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त पहलमा शुक्रबार क्याम्पस परिसरमा सरसफाई गरिएको हो ।
सरसफाईमा सहायक क्याम्पस प्रमुख द्वय डा. बासुदेब गौतम र सिद्दिराज जोशी, विद्यार्थी कल्याण प्रमुख डा. सुर्य सिग्देल, स्ववियु सभापति ईश्वर थापा, कर्मचारी एकाइ सभापति मन्जु पाण्डे थापासहित क्याम्पसका प्राध्यापक र अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
स्ववियु सभापति ईश्वर थापाले क्याम्पसलाई सफा र सुन्दर बनाउने उद्देश्यसहित बेलाबेलामा यस्ता कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले आफूहरुले अन्य रचनात्मक कार्यक्रमहरुलाई प्राथमिकता दिएको पनि बताए ।


