EduPress
'

जनज्योति बहुमुखी क्याम्पसमा तेस्रो खाद्य पर्व सम्पन्न

Author Image
सोमवार, मंसिर २९, २०८२
Text Size:

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका-स्थित जनज्योति बहुमुखी क्याम्पसमा तेस्रो खाद्य पर्व (फुड फेस्टिबल) २०८२ सफलतापूर्वक सम्पन्न भएको छ।

उद्यमशीलता विषयसँग सम्बन्धित प्रयोगात्मक सिकाइलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा बीबीएस चौथो वर्षका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम संयोजक उपप्राध्यापक देवराज पौडेलका अनुसार किताबमा सिकेका ज्ञानलाई व्यवहारमा उतार्ने अवसर सिर्जना गर्न विद्यार्थीहरूमार्फत कार्यक्रम आयोजना गरिएको हो ।

क्याम्पस प्रमुख विरेन्द्र चौधरीले शैक्षिक अध्ययनसँगै यस्ता व्यावहारिक गतिविधिले विद्यार्थीको चौतर्फी विकासमा टेवा पुग्ने बताए । सहायक क्याम्पस प्रमुख नारदबहादुर धामीले एक दिने कार्यक्रममा स्थानीय परिकारलाई विशेष प्राथमिकता दिइएको जानकारी दिए ।

उपप्राध्यापक रमेश भट्टराईले यस्ता कार्यक्रम व्यवहारिक र फलदायी अभ्यास भएको उल्लेख गर्दै विद्यार्थीलाई आत्मनिर्भर र सामूहिक कार्यमा अभिप्रेरित गर्न सहयोग पुग्ने बताए ।

फेस्टिबलमा माछा, बगिया, कोदोको रोटीलगायतका विविध स्थानीय परिकारको स्वाद लिन सकिने व्यवस्था गरिएको थियो । आयोजकका तर्फबाट प्रकृति खनालले स्थानीय खानाका परिकारलाई प्रवर्द्धन गर्दा पुराना पुस्ताको खानपान संस्कृतिबारे नयाँ पुस्तालाई जानकारी गराउन सहज हुने विश्वास व्यक्त गरिन्। कार्यक्रममा विद्यार्थीका साथै छरछिमेकीको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खबर