EduPress
'

स्कूलबाट फर्किँदै गर्दा ढुंगा लागेर बालिका गम्भीर घाइते, ढुंगाले खुट्टा नै चुडेर लग्याे

Author Image
सोमवार, पौष १३, २०८२
Text Size:

दार्चुला । विद्यालयबाट घर फर्किने क्रममा भीरबाट खसेको ढुंगा लाग्दा दार्चुलाकी एक बालिका गम्भीर घाइते भएकी छन् । महाकाली नगरपालिका–७ मसिनी बालुवा निवासी ११ वर्षीया पुष्पा थापा सोमबार दिउँसो दुर्घटनामा परेकी हुन् ।

महाकाली नगरपालिका–७ स्थित लटिनाथ आधारभूत विद्यालय थालिगाडमा अध्ययनरत थापा विद्यालयबाट घरतर्फ फर्किँदै गर्दा घर नजिकै रहेको चुन्याकाठा भीरबाट अचानक खसेको ढुंगा उनको शरीरमा लागेको हो । ढुंगा लाग्दा उनको दायाँ खुट्टाको घुँडाको भाग भाँचिएर अलग भएको छ भने बायाँ खुट्टामा समेत गम्भीर चोट लागेको परिवारजनले बताएका छन् ।

घटनापछि घाइते बालिकालाई तत्काल जिल्ला अस्पताल दार्चुला पुर्‍याइएको थियो । प्राथमिक उपचारपछि थप उपचार आवश्यक परेपछि उनलाई धनगढी रिफर गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डा. डम्बरदत्त भट्टले जानकारी दिए ।

विद्यालय जाने र फर्किने क्रममा बालबालिका जोखिममा पर्ने घटनाले स्थानीय तहमा सुरक्षा चुनौतीप्रति गम्भीर प्रश्न उठाएको छ । स्थानीय बासिन्दाले जोखिमयुक्त भीर–पहिरो क्षेत्रको दीर्घकालीन व्यवस्थापन र बालबालिकाको सुरक्षाका लागि तत्काल पहल गर्न माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खबर