EduPress
'

कपिलवस्तुमा स्कुल बस दुर्घटना, ७ विद्यार्थी घाइते

Author Image
सोमवार, पौष २०, २०८२
Text Size:

कपिलवस्तु । कपिलवस्तु जिल्लाको मायादेबी गाउँपालिका–३ बर्सौलीस्थित फुलिका–बर्सौली भित्री सडकखण्डमा स्कुल बस पल्टिँदा ७ जना विद्यार्थी घाइते भएका छन्।

दुर्घटना २०८२ साल पुस २१ गते बिहान करिब ९ः१० बजे भएको हो। फुलिकाबाट बगदीतर्फ जाँदै गरेको लु १ क ५७२२ नम्बरको सनलाइट इङ्लिस बोर्डिङ स्कुल, सुद्धोधन गाउँपालिका–१ बगदीको विद्यार्थी बोकेको बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका सबै विद्यार्थीको अवस्था सामान्य रहेको र उनीहरूलाई आवश्यक उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लगिएको बताइएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा बस तीव्र गतिमा चलेको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर