EduPress
'

काठमाडौंमा अष्ट्रेलियन एजुकेशन फेयर २०२६ हुँदै

Author Image
बुधवार, माघ ७, २०८२
Text Size:

काठमाडौं । अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्ने चाहना बोकेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौंमा ‘अष्ट्रेलियन एजुकेशन फेयर २०२६’ आयोजना हुने भएको छ। अष्ट्रेलियाका ३० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूको प्रत्यक्ष सहभागिता यही माघ ९ गते शुक्रबार हुने भएको हाे ।

ग्लोबल एजुकेशन सर्भिसेस प्रा।लि।को आयोजनामा हुने उक्त शैक्षिक मेला लाजिम्पाटस्थित होटल रेडिसनमा बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुनेछ।

आयोजक संस्थाका अनुसार मेलामार्फत विद्यार्थी र अभिभावकलाई अष्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रक्रिया, अध्ययनसँगै काम गर्ने अवसर तथा उपलब्ध छात्रवृत्तिबारे प्रत्यक्ष, स्पष्ट र व्यवहारिक जानकारी प्रदान गरिनेछ। शैक्षिक परामर्श क्षेत्रमा विश्वसनीय पहिचान बनाइसकेको ग्लोबल रीचले वास्तविक जानकारी र सही मार्गदर्शन दिन मेला आयोजना गरिएको जनाएको छ।

मेलामा सहभागी विद्यार्थीहरूले ३ हजारभन्दा बढी शैक्षिक कार्यक्रम तथा कोर्सबारे जानकारी लिन सक्नेछन् भने आफ्नो शैक्षिक योग्यता र क्षमताअनुसार १० प्रतिशतदेखि १०० प्रतिशतसम्मको छात्रवृत्ति अवसरबारे परामर्श पाउनेछन्। साथै, विभिन्न विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी भविष्यको अध्ययन योजना स्पष्ट पार्ने अवसर पनि मेलाको प्रमुख आकर्षण रहनेछ।

आयोजकका अनुसार मेलामा सहभागी हुन कुनै शुल्क लाग्ने छैन र प्रवेश पूर्ण रूपमा निःशुल्क हुनेछ।

विगत १७ वर्षदेखि नेपालमा विद्यार्थीलाई करिअर काउन्सेलिङ, सही मार्गदर्शन तथा अन्तर्राष्ट्रिय शिक्षा परामर्श प्रदान गर्दै आएको संस्थाले यो मेला नेपाली विद्यार्थीका लागि अष्ट्रेलियामा अध्ययन गर्ने सपना साकार पार्ने प्रभावकारी प्लेटफर्म बन्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खबर