EduPress
'

करोडौ भ्रष्टाचारको आरोपमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपतिसहित २० जनाविरुद्ध अख्तियारको मुद्दा

Author Image
बिहिवार, माघ १५, २०८२
Text Size:

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको सीटी स्क्यान मेसिन खरिद प्रकरणले गम्भीर रूप लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकुलपतिसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार कुनै स्पष्ट योजना, आवश्यकता मूल्यांकन वा प्रक्रिया नबनाई खरिद गरिएको सीटी स्क्यान मेसिनमार्फत करिब ७ करोड ३१ लाख रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको ठहर गरिएको छ। यस प्रकरणमा प्रतिष्ठानकी उपकुलपति डा. संगीता सिंह भण्डारी प्रमुख अभियुक्तका रूपमा मुद्दामा परेकी छन्।

मुद्दामा तत्कालीन कामु रजिष्ट्रार कैलाशप्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभाग प्रमुख डा. बोम बिसी, बायोमेडिकल इन्जिनियर शरद भण्डारी र आषुतोश भण्डारी, तथा अमितकुमार चौधरी समेत प्रतिवादी बनाइएका छन्।

त्यसैगरी प्रतिष्ठानका शाखा अधिकृत झन्कार लामिछाने, लिलाकुमारी देवकोटा, मेघबहादुर अधिकारी र अध्यापक डा. श्रीसिया पोख्रेल माथि पनि मुद्दा दर्ता भएको छ। अख्तियारले योजनाविहीन खरिद प्रक्रिया अपनाएर राज्यकोषमा क्षति पुर्‍याइएको निष्कर्ष निकालेको छ।

यस प्रकरणमा सूचना प्रविधि अधिकृत हिरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फिजियोथेरापिस्ट पूजा ठाकुर, कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाही, फार्मेसी सुपरभाइजर कृष्णप्रसाद जोशी र स्टाफ नर्स विन्दु पौडेल समेत प्रतिवादी सूचीमा परेका छन्।

अख्तियारले सीटी स्क्यान मेसिन आपूर्ति गर्ने हिमालयन मेडिटेक प्रालि तथा कम्पनीका सञ्चालक अमर श्रेष्ठ र सञ्जु राजकर्णिकार विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खबर