EduPress
'

उपप्राध्यापकको परीक्षामा मोबाइल प्रयोग गर्नेमाथि आयोगका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने प्रतिबन्ध

Author Image
आइतवार, फागुन २, २०८२
Text Size:

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको लिखित परीक्षामा अनुचित कार्य गरेको आरोपमा एक परीक्षार्थीमाथि कडा कारबाही गरेको छ।

आयोगका अनुसार शिक्षा शास्त्र संकाय अन्तर्गत गणित शिक्षा विषयको परीक्षाका क्रममा मोबाइल फोन प्रयोग गरेर नियम उल्लङ्घन गरेको पुष्टि भएपछि सिरहाका उपेन्द्र पण्डितलाई दण्डित गरिएको हो।

आयोगका प्रमुख विष्णुप्रसाद अर्यालका अनुसार सम्बन्धित विषयको परीक्षा स्वतः रद्द गरिएको छ भने उनलाई आगामी एक वर्षसम्म आयोगद्वारा सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइएको छ।

परीक्षा प्रक्रियाको निष्पक्षता र पारदर्शिता कायम राख्न आयोगले कडा निगरानी र अनुशासनात्मक व्यवस्था अवलम्बन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर