EduPress
'

मध्यपश्चिम विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थी कल्याण योजना निर्माण कार्यदलको बैठक सम्पन्न

Author Image
सोमवार, मंसिर ८, २०८२
Mid-Western-University
Text Size:
  • जगत वाशिष्ठ

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको पाँच वर्षे रणनीतिक योजना निर्माण समितिद्वारा गठित शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थी कल्याण योजना निर्माण कार्यदलको बैठक सम्पन्न भएको छ ।

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको पाँच वर्षे रणनीतिक योजना निर्माण समितिद्वारा गठित शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थी कल्याण योजना निर्माण कार्यदलसँगको बैठक सम्पन्न भएको छ ।

मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवम् पाँच वर्षे रणनीतिक योजना निर्माण समितिका संयोजक डा. विष्णुकुमार खड्काको अध्यक्षतामा विषयगत उपसमितिका रुपमा गठित शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थी कल्याण योजना निर्माण कार्यदलसँगको बैठक योजना निर्देशनालयमा सम्पन्न भएको हो ।

संयोजक डा. खड्काले विश्वविद्यालय योजनाको अन्तिम खाका तयार पार्नका निम्ति विभिन्न विषयगत कार्यदलसँग चरणबध्द छलफलको सिलसिलामा दोस्रो बैठक आह्वान गरिएको बताए । कार्यदललाई आवश्यक कार्यादेश दिँदै डा. खड्काले विश्वविद्यालय ऐनले निर्दिष्ट गरेको मूलभूत उद्देश्य अनुरुप तथ्यपरक योजना ल्याई विश्वविद्यालय निर्माणको अभियानमा सारथी बन्न सुझाए ।

डा. प्रेमकुमारी ढकाल संयोजक रहेको उक्त कार्यदलमा खगेन्द्रप्रसाद अधिकारी, सविता ढुंगाना, रुपा थापा, कल्पना पौडेल, कमला कुमारी तिवारी, दिपककुमार थापा, कमलबहादुर सिंजापती, स्ववियु अध्यक्ष इ. विवेक खड्का, जगतजंग शाही र प्रकाश वि.क. सदस्य रहेका छन् ।

बैठकमा सहभागी कार्यदल संयोजक डा. ढकाल सहित सदस्यहरुले विश्वविद्यालयलाई सही मार्गमा हिंडाउनका लागि योजना महत्वपूर्ण खुट्किलो भएको बताउँदै विश्वविद्यालयले प्रदान गरेको विभागीय जिम्मेवारी अनुरुप योजना निर्माण कार्य निर्धारित समयावधिभित्र पूरा गर्ने वचनबद्धता व्यक्त गरे ।

आंगिक क्याम्पसमा प्राध्यापनरत नारायण बहुमुखी क्याम्पस दैलेखका उप.प्रा. रुपा थापा र तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोटका दिपककुमार थापा बैठकमा भर्चुअल माध्यमबाट जोडिएका थिए । बैठक संचालनका लागि निर्देशनालयका प्रशासन प्रमुख शेरबहादुर केसीले समग्र प्रशासनिक संयोजन गरेका थिए । ।

प्रतिक्रिया

सम्बन्धित खबर