काठमाडौं । सुदूरपश्चिमको शानका रुपमा मानिएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) को उपकुलपतिका लागि योग्य उम्मेदवार फेला पर्न सकेृको छैन । विश्वविद्यालयको उपकूलपतिका लागि सरकारले दुई दुई पटकसम्म विज्ञापन गर्दा पनि कसैको दरखास्त नपरेपछि शिक्षा मन्त्रीले दरखास्त दिन पुनः सार्वजनिक आह्वान गरेका छन् ।
उपकूलपतिका सम्भाविन उम्मेदवार सिफारिस गर्न गठित समितिले पहिलोपटक कात्तिक १६ देखि ३० गतेसम्म समय तोकेर पहिलो सूचना जारी गरेको थियो । त्यसबेला पनि पर्याप्त आवेदन नपरेपछि समितिले समय थप गरेर मंसिर ५ गतेसम्म सम सीमा तोकेर अर्को सूचना जारी गरेको थियो । तर दोस्रो सूचना जारी गर्दा पनि एउटा पनि निवेदन परेन ।
यसरी विश्वविद्यालयका लागि उपकूलपति जस्तो गरिमामय पदमा कसैले पनि दरखास्त नदिनुलाई अनौठो मानिएको छ । दोस्रो सूचनामा पनि कसैको दरखास्त नपरेपछि शिक्षामन्त्री महावीर पुनले सार्वजनिकरूपमा इच्छुक उम्मेदवारलाई निवेदन दिन आव्हान गरेका छन् । उनले भनेका छन्, “दुई पटक विज्ञापन गर्दा पनि आवेदन आएन। मातृभूमिको सेवा गर्ने उद्देश्य राख्ने, स्वास्थ्य क्षेत्रमा प्राध्यापक तथा विद्यावारिधि भई काम गरेका जो कोही देशभक्त सन्तानले कृपया आवेदन दिनुहोस्, वा मलाई नै सम्पर्क गर्नुहोस्।”
संघीय संसदले पारित गरेको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार पदका लागि खुला प्रतिस्पर्धाबाट छनौट गर्न कार्तिक १६ गते विज्ञापन आह्वान गरेको थियो । १५ दिने सूचनामा इच्छुक उम्मेदवारले आफ्नो दरखास्तसँगै विश्वविद्यालयको भावी दृष्टिकोण, अवधारणा तथा रणनीतिक योजना समावेश गरिएको रणनीतिक पत्र समेत पेस गर्न उल्लेख गरेृको थियो ।
पहिलो सूचनामा उपकूलपतिका लागि कसैको दरखास्त नपरे पनि रजिस्ट्रार पदका लागि भने १० जनाको आवेदन परेृको थियो । रजिस्ट्रार पदका लागि ललितपुरका चन्द्रप्रकाश भट्ट, धनुषाका प्रमोदकुमार यादव, बझाङका डबलबहादुर धामी, कञ्चनपुरका खेमराज जोशी, कैलालीका शिवप्रसाद सापकोटा, कञ्चनपुरका डमरु पनेरु, बैतडीका गोविन्द सिंह विष्ट, बाराकी शिला मैनाली, बैतडीका भिमबहादुर चन्द र कैलालीका पदमराज जोशीले आवेदन दिएको शिक्षा मन्त्रालयले जनाएको थियो ।
साविकको गेटा मेडिकल कलेजलाई हाल सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइएको हो ।
याे समाचार पनि हेर्नुहाेस्


