EduPress
'

ज्ञानोदय नमुना माविले जित्यो मेयर रनिङ शिल्ड

Author Image
मङ्गलवार, मंसिर ३०, २०८२
Text Size:

नेपालगञ्ज । बाँकेको खजुरामा सम्पन्न आठौँ अन्तरविद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्र भएकाे छ । रनिङ शिल्डको उपाधि ज्ञानोदय नमुना माध्यमिक विद्यालयले जितेको छ । मावि तहमा ज्ञानोदयले ८ स्वर्ण, ६ रजत र २ कास्य पदक जित्दै रनिङ शिल्ड उचालेको हो ।

आधारभूत तह ९कक्षा ६–८० मा पनि ज्ञानोदय नमुना मावि ५ स्वर्ण, १ रजत र १ कास्यसहित प्रथम भयो । मावि तहमा जनता नमुना माध्यमिक विद्यालय ७ स्वर्ण, ३ रजत र ६ कास्यसहित दोस्रो तथा आदर्श मावि डि गाउँ खजुरा ४ स्वर्ण, १ रजत र १ कास्यसहित तेस्रो भयो ।

आधारभूत तह ९६–८० मा जनसेवा मावि पुरैना गिजरा दोस्रो र जनता नमुना मावि सन्तकुटी तेस्रो भए । आधारभूत तह ९१–५० तर्फ गोल्डेन ग्यालेक्सी एकेडेमी प्रथम, नेपाल राष्ट्रिय मावि मनकामनापुर दोस्रो र जनता मावि बठवा तेस्रो बने ।

अनुशासन पुरस्कार मावि तहमा ज्ञानोदय नमुना माविले, निमावि तहमा लिटिल हार्वर एकेडेमीले र प्रावि तहमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय चमकदारपुरले प्राप्त गरे । मार्चपासतर्फ माध्यमिक तहमा जेनिथ इ मिडियम बोर्डिङ स्कुल प्रथम भयो ।

एथलेटिक्सतर्फ ज्ञानोदय नमुना माविकी आदिती गिरी छात्रातर्फ र आदर्श मावि खजुराका धिराज दर्नाल छात्रतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भए । कबड्डी र भलिबलमा पनि विभिन्न विद्यालयका खेलाडी सर्वोत्कृष्ट घोषित भएका छन् । छात्रा तथा छात्र भलिबलको उपाधि जनता नमुना मावि सन्तकुटीले जित्यो ।

प्रतियोगितामा सहभागी विद्यालय र खेलाडीलाई नगद पुरस्कार, शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । समापन कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।

मंसिर २६ देखि २९ गतेसम्म खजुरा–४ स्थित मिनी रंगशालामा सञ्चालन भएको प्रतियोगितामा करिब १ हजार २ सय खेलाडीले ५८ वटा इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खबर