EduPress
'

पोखरा विश्वविद्यालयले ६ हजारभन्दा बढी विद्यार्थीलाई उपाधि प्रदान गर्दै

Author Image
शुक्रवार, फागुन ७, २०८२
Text Size:

गण्डकी । पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा ६ हजार ६२२ जना विद्यार्थीलाई उपाधि प्रदान गरिने भएको छ। पोखरा महानगरपालिका–३० खुदी ढुंगेपाटनस्थित विश्वविद्यालय परिसरमा दीक्षान्त समाराेह आयोजना हुँदैछ। समारोह

विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालका अनुसार विभिन्न तह र संकायमा अध्ययन पूरा गरेका विद्यार्थीहरू यस दीक्षान्त समारोहमा दीक्षित हुनेछन्।

उपाधि प्राप्त गर्ने विद्यार्थीमध्ये व्यवस्थापन संकायबाट सबैभन्दा धेरै ३ हजार ६२५ जना रहेका छन्। त्यस्तै, विज्ञान तथा प्रविधि संकायबाट २ हजार ५०६, स्वास्थ्य विज्ञान संकायबाट ३६५ तथा मानविकी तथा सामाजिक शास्त्र संकायबाट १२६ जना विद्यार्थीले उपाधि पाउने कार्यक्रम रहेको छ।

समारोहमा शैक्षिक उपलब्धिलाई विशेष रूपमा सम्मान गरिने पनि विश्वविद्यालयले जनाएको छ। स्नातकोत्तर तहमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने विद्यार्थीलाई कुलपति पदक तथा स्नातक तहमा उत्कृष्ट हुनेलाई उपकुलपति पदक प्रदान गरिनेछ। साथै, स्नातक तहको बीसीए कार्यक्रमतर्फ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई ‘अक्सफोर्ड’ पदक दिइनेछ।

यस वर्ष शैक्षिक रूपमा उत्कृष्ट प्रदर्शन गरेका ६६४ जना विद्यार्थीलाई ‘डिन लिस्ट’ मा समावेश गर्दै सम्मान गरिने विश्वविद्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर