EduPress
'

कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु

Author Image
सोमवार, वैशाख १३, २०८३
National-Examination-Board
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि देशभर सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड का अनुसार परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ।

परीक्षामा देशभरका हजारौँ विद्यार्थी सहभागी भएका छन् भने सबै परीक्षा केन्द्रमा आवश्यक सुरक्षा र व्यवस्थापन मिलाइएको बोर्डले जनाएको छ।

यसअघि परीक्षाको पूर्वसन्ध्यामा बोर्डले एक सार्वजनिक अपिल जारी गर्दै परीक्षा मर्यादित, अनुशासित र निष्पक्ष बनाउन सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको थियो। अपिलमा विद्यार्थीलाई आत्मविश्वासका साथ परीक्षा दिन, अभिभावकलाई सकारात्मक वातावरण सिर्जना गर्न र सम्बन्धित निकायलाई जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न अनुरोध गरिएको थियो।

बोर्डले परीक्षा अवधिभर कुनै पनि किसिमका अवाञ्छित गतिविधि नगर्न सचेत गराउँदै शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न गराउन सबैको सहकार्य आवश्यक रहेको जनाएको छ।

प्रतिक्रिया