EduPress
'

स्किम्सको २७औं स्थापना दिवस सम्पन्न

Author Image
मङ्गलवार, वैशाख १४, २०८३
Text Size:

काठमाडौं । स्कूल अफ इन्भाइरोमेन्ट म्यानेजमेन्ट एण्ड सस्टेनेवल डिभलपमेण्ट (SchEMS) ले आफ्नो २७औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। सन् १९९९ जनवरीमा स्थापना भएको यो कलेजले वातावरण व्यवस्थापन, दिगो विकास, व्यवस्थापन तथा सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ।

मंगलबार आयोजित कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष डा. हेरम्ब राजभण्डारीको अध्यक्षता तथा सञ्चालक प्रबिन कुमार रेग्मीको सञ्चालन रहेको थियो। कार्यक्रममा कलेजका प्रिन्सिपल अजय भक्त माथेमाले स्वागत मन्तव्य राख्दै संस्थाको स्थापना उद्देश्य, विकास यात्रा र प्रमुख उपलब्धिहरूको समीक्षा प्रस्तुत गरे।

उनले कलेज स्थापना गर्ने प्राज्ञिक तथा व्यावसायिक समूहको लक्ष्य नेपालमै वातावरण, व्यवस्थापन र प्रविधिका क्षेत्रमा सक्षम जनशक्ति उत्पादन गर्नु रहेको उल्लेख गरे। कलेजले समयअनुसार शैक्षिक कार्यक्रम विस्तार गर्दै आएको छ। सन् १९९९ मा बी.एस्सी इन इन्भाइरोमेन्ट म्यानेजमेन्टबाट सुरु भएको शैक्षिक यात्रा २००० मा एम.एस्सी, २००८ मा बिबिए, २०१८ मा बिसीए र २०२३ देखि एमसीआइटी कार्यक्रमसम्म विस्तार भएको छ।

कार्यक्रममा पूर्व विद्यार्थीहरूले कलेजले व्यवस्थापन, विज्ञान तथा प्रविधि क्षेत्रमा नवप्रवर्तन र करियर विकासमा खेलेको भूमिकालाई स्मरण गर्दै सकारात्मक अनुभव साझा गरेका थिए।

२७ वर्षे यात्राको अवसरमा सञ्चालक समितिले आगामी दिनमा अझ प्रभावकारी शैक्षिक तथा व्यावसायिक योगदान दिने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थी सन्तुष्टि अभिवृद्धि र राष्ट्र निर्माणमा दिगो विकासमार्फत योगदान पुर्‍याउने लक्ष्य दोहोर्‍याएको छ।

प्रतिक्रिया