काठमाडौं । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रार पदका लागि १० जनाको नाम स्वीकृत भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रतिष्ठानका लागि रजिस्ट्रार पदमा दरखास्त स्वीकृत भएका १० जना उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ ।
मन्त्रालयले सार्वजनिक गरेका नामहरूमा ललितपुरका चन्द्रप्रकाश भट्ट, धनुषाका प्रमोदकुमार यादव, बझाङका डबलबहादुर धामी, कञ्चनपुरका खेमराज जोशी, कैलालीका शिवप्रसाद सापकोटा, कञ्चनपुरका डमरु पनेरु, बैतडीका गोविन्द सिंह विष्ट, बाराकी शिला मैनाली, बैतडीका भिमबहादुर चन्द र कैलालीका पदमराज जोशी रहेका छन् ।
यसअघि मन्त्रालयले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि उपकुलपति र रजिष्ट्रार पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको थियो ।


