EduPress
'

नेपालमै पहिलोपटक सिभिल इन्जिनियरिङमा बिटेक कार्यक्रम सुरु हुँदै

Author Image
सोमवार, मंसिर २९, २०८२
Text Size:

विराटनगर । कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालय ९एमटियू०ले नेपालमै पहिलोपटक सिभिल इन्जिनियरिङ विषयमा प्राविधिक स्नातक (बिटेक) कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। एसइई उत्तीर्ण गरी तीन वर्षे डिप्लोमा पूरा गरेका जुनियर सिभिल इन्जिनियरहरूलाई लक्षित गर्दै सुरु हुन लागेको यो कार्यक्रम स्विस सरकारसँगको सहकार्यमा सञ्चालन हुनेछ।

नेपालमा सिभिल इन्जिनियरिङ क्षेत्रमा राष्ट्रिय व्यावसायिक योग्यता प्रारूप (एनभिक्युएफ) तह-६ अनुरूपको प्राविधिक स्नातक कार्यक्रम सुरु हुन लागेको यो पहिलो प्रयास हो। यसका लागि मनमोहन प्राविधिक विश्वविद्यालयले स्विस सरकारसँग औपचारिक सम्झौता समेत गरिसकेको छ।

सोमबार विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ संकायकी डिन डा। रेखा श्रेष्ठ र स्विस कन्ट्रयाक्टका कन्ट्री डाइरेक्टर संजय कार्कीबीच बिटेक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतापछि छिट्टै पाठ्यक्रम निर्माण गरी अध्ययन-अध्यापन सुरु गरिने विश्वविद्यालयका उपकुलपति डा। सुवासश्री पोखरेलले जानकारी दिए।

बिटेक कार्यक्रममा कार्य-आधारित सिकाइ प्रणाली, उद्योगसँग प्रत्यक्ष जोडिएका मोड्युल, पेसागत तथा उद्योग परिषद्हरूसँगको परामर्श, साथै नेपालको पूर्वाधार र निर्माण क्षेत्रको आवश्यकताअनुसारका दक्षता मापदण्डहरू समावेश गरिनेछन्। विश्वविद्यालयका अनुसार यो कार्यक्रम भविष्यमा अन्य प्राविधिक स्नातक कार्यक्रम सञ्चालनका लागि पनि नमुना बन्ने अपेक्षा गरिएको छ।

हाल नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिभिटी)मार्फत प्रि-डिप्लोमा र डिप्लोमा तहका कार्यक्रम सञ्चालन हुँदै आएका छन्। तर, एसइईपछि तीन वर्षे डिप्लोमा गरेका जुनियर इन्जिनियरहरूका लागि उच्च तहको अध्ययनतर्फ जाने स्पष्ट मार्ग नहुँदा उनीहरू अन्योलमा परिरहेका थिए। एमटियूको यो पहलले त्यस्तो अन्योल अन्त्य गर्दै प्राविधिक शिक्षामा नयाँ ढोका खोल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर