EduPress
'

प्याब्सन सुर्खेतको साधारण सभा सम्पन्न

Author Image
शनिवार, पौष ११, २०८२
Text Size:

सुर्खेत । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुर्खेत जिल्लाको ३२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

सभाले आगामी शैक्षिक सत्रमा लागू हुने नयाँ शैक्षिक क्यालेन्डर अनुरूप शिक्षक तालिम सञ्चालन गर्ने, कक्षा ८ र एसईईका लागि प्रि-बोर्ड परीक्षा कार्यक्रम तय गर्ने तथा सदस्य विद्यालयहरूबीच समन्वय र आत्मीयता बढाउने उद्देश्यले वनभोज कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। साथै साधारण सभाले संगठनको वार्षिक सांगठनिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।

प्याब्सन सुर्खेतका जिल्ला अध्यक्ष छत्रबहादुर बडुवालको अध्यक्षतामा सम्पन्न सभामा प्याब्सन केन्द्रीय सल्लाहकार नवराज गुरुङ प्रमुख अतिथि तथा केन्द्रीय उपाध्यक्ष नैनसिंह खत्री विशिष्ट अतिथिका रूपमा सहभागी थिए। सभामा केन्द्रीय सदस्यहरू, प्रदेश अध्यक्ष तथा पदाधिकारीहरू, जिल्ला र पालिकास्तरका पदाधिकारीहरू तथा सदस्य विद्यालयका संस्थापक प्रिन्सिपलहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खबर