काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ।
परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो। सार्वजनिक नतिजाअनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
यस वर्षको एसईईमा देशभरबाट ठूलो संख्यामा विद्यार्थी सहभागी भएका थिए। बोर्डले नियमित तथा ग्रेडवृद्धितर्फका परीक्षार्थीको नतिजासमेत एकैसाथ प्रकाशन गरेको जनाएको छ।
यस्तो छ एसईईको नतिजाको विवरणः
परीक्षामा सहभागी कुल विद्यार्थी: ४,३१,४६६ जना
ग्रेड प्राप्त (उत्तीर्ण) विद्यार्थी: २,८४,१६० जना
कुल उत्तीर्ण प्रतिशत: ६५.९८%
GPA अनुसार विद्यार्थी संख्या:
GPA 3.60 – 4.00 : ४८,३९२ जना
GPA 3.20 – 3.60 : ८१,३८५ जना
GPA 2.80 – 3.20 : ८९,१२४ जना
GPA 2.40 – 2.80 : ६३,४५३ जना
GPA 2.00 – 2.40 : १,४५,६७३ जना
GPA 1.60 – 2.00 : ५८,२७६ जना
GPA 1.20 – 1.60 : १८,४५१ जना
GPA 0.80 – 1.20 : ३,२१४ जना
Non-Graded (NG) विद्यार्थी: १,४७,३०६ जना


