काठमाडौं । विद्यालय परिसरभित्र तथा विद्यालय आउँदाजाँदा, घरपरिवार र समुदायमा बालबालिकामाथि हुन सक्ने सबै प्रकारका भेदभाव, दुव्र्यवहार, शोषण, लैङ्गिक हिंसा, बेवास्ता, शारीरिक वा मानसिक दण्ड र बुलिङ नियन्त्रणका लागि शिक्षा विभागले “गुनासो सुनुवाइ कार्यविधि, २०७४” तयार गरेको छ।
विद्यालय क्षेत्र विकास योजनामा उल्लेखित सुरक्षित विद्यालय निर्माणको लक्ष्यअनुसार तयार गरिएको यस कार्यविधिले कुनै घटना घटेमा निश्चित प्रक्रिया अपनाई गुनासोको समयमै सम्बोधन गर्ने व्यवस्था गरेको छ। यसबाट विद्यालयमा सबै बालबालिकाको सहभागिता बढ्दै शैक्षिक वातावरण सुरक्षित र समावेशी बन्ने अपेक्षा गरिएको छ।
शिक्षा विभागका अनुसार स्थानीय तहमा कार्यान्वयन हुने यो कार्यविधिले विद्यार्थीमाथि हुने दुव्र्यवहार तथा लैङ्गिक हिंसा न्यूनीकरण गर्दै विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सहयोग पुर्याउनेछ।
हेर्नुहाेस पूरा कार्यविधि


