EduPress
'

उपकुलपति डा. लामीछानेको राजीनामा

Author Image
बिहिवार, असोज ३०, २०८२
Text Size:

दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछानेले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार प्रधानमन्त्री सुशिला कार्कीलाई भेटेर औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।

डा. लामीछानेले घरायसी जिम्मेवारी र स्वास्थ्य कारण देखाउँदै राजीनामा दिएका हुन्। उनले आफ्नो कार्यकालभर साथ र सहयोग गर्ने पदाधिकारी, कर्मचारी, शिक्षक र विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गरेका छन्।

चार वर्षे कार्यकाल फागुन महिनामा समाप्त हुने भए पनि उनले कार्यकालअघि नै पद छोड्ने निर्णय गरेका हुन्। उनको नेतृत्वमा प्रतिष्ठानले शिक्षण अस्पताल सेवा विस्तार, शैक्षिक कार्यक्रम सुदृढीकरण र पूर्वाधार विकासमा उल्लेखनीय प्रगति गरेको मानिन्छ।

डा. लामीछानेको राजीनामापछि नयाँ उपकुलपति चयन प्रक्रिया सुरु भएको छ। सरकारको स्वीकृतिपछि छिट्टै नयाँ नियुक्ति हुने अपेक्षा गरिएको छ।

राजीनामापछि उनले अब निजी जीवन र स्वास्थ्य सुधारमा ध्यान केन्द्रित गर्ने बताए।

Views: 27

प्रतिक्रिया